एग्जिट पोलमा नेतन्याहू र आइजेनकोट दुवैलाई छैन स्पष्ट बहुमत
barnanmedia.com · Wed Oct 28 01:53:24 GMT 2026

काठमाडौं । इजरायलको संसद् नेसेट निर्वाचनको एग्जिट पोलले कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसक्ने देखाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गदी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन दुवै सरकार गठनका लागि आवश्यक ६१ सिटबाट टाढा देखिएका छन् ।
प्रमुख इजरायली टेलिभिजन नेटवर्कको एग्जिट पोलअनुसार १२० सदस्यीय संसद् (नेसेट)मा आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ५२ देखि ५३ सिट र नेतन्याहूको पक्षले करिब ५० सिट प्राप्त गर्ने अनुमान गरिएको छ । अरब पार्टीहरूले भने १७ देखि १८ सिट जित्ने प्रक्षेपण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)