मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानी र उद्योगमैत्री कम्पनी कानून बनाउन उद्योग संगठन मोरङको सुझाव

corporatenepal.com · Sun Jul 12 07:56:30 GMT 2026

काठमाडौं । नेपाल सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई उद्योग संगठन मोरङले नेपालको कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा स्वागत गरेको छ भने निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवद्र्धन तथा व्यवसाय सहजतालाई थप सुदृढ बनाउन विधेयकका केही प्रावधानमा व्यवहारिक संशोधन आवश्यक रहेको जनाएको छ ।

संगठनका अनुसार कम्पनी दर्ता, नाम स्वीकृति, प्यान, मूल्य अभिवृद्धि कर, सामाजिक सुरक्षा तथा अन्य सरकारी निकायबीच एकीकृत डिजिटल प्रणाली स्थापना, विद्युतीय माध्यमबाट सेवा प्रवाह तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल बनाउने व्यवस्था स्वागतयोग्य छन । तर, केही प्रावधानले उद्योग–व्यवसाय सञ्चालनको लागत, अनुपालन दायित्व तथा नियामकीय भार बढाउन सक्ने भएकाले तिनको पुनरावलोकन आवश्यक रहेको संगठनको धारणा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)