सिक्किमकी १४ वर्षीया प्रिस्कालाई ‘जुनियर द पोएट आइडल’ को उपाधि
kalakarmi.com · Wed Oct 28 02:00:27 GMT 2026

काठमाडौं– भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारी कवितावाचनमा आधारित रियालिटी शो ‘जुनियर द पोएट आइडल’ को विजेता बनेकी छिन् । कविता रियालिटी शो ‘द पोएट आइडल’ को बाल संस्करणमा उत्कृष्ट प्रस्तुति दिँदै उनले उपाधि जितेकी हुन् ।
आफ्ना गहन भावना, व्यक्तिगत अनुभव तथा मौलिक सोचलाई कवितामार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै प्रिस्काले निर्णायक तथा दर्शकको मन जित्न सफल भएकी हुन् । प्रतिस्पर्धाका विभिन्न चरणमा उनले देखाएको कविताप्रतिको समर्पण, निरन्तरको मेहनत र सशक्त मञ्च प्रस्तुतिले उनलाई उपाधिसम्म पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)