बहसमा कालोपत्रे र ढलान सडक : नेपालका लागि कुन हो उचित ?
corporatenepal.com · Wed Oct 28 02:06:34 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै नेपालमा सडक निर्माणको परम्परागत शैली परिवर्तन हुने बहस सुरु भएको छ । आयातित बिटुमिनमा आधारित कालोपत्रे सडकको विकल्पमा स्वदेशी सिमेन्ट, गिट्टी र बालुवाको प्रयोगबाट निर्माण गरिने कङ्क्रिट सडकलाई प्राथमिकता दिने सरकारी नीतिले यसको वातावरणीय प्रभाव, लागत र दिगोपनबारे चासो बढाएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत निर्देशिकाले सडक निर्माणमा प्राविधिकरूपमा उपयुक्त हुने स्थानमा स्वदेशी सिमेन्ट तथा स्थानीय सामग्री प्रयोग गरी सिमेन्ट कङ्क्रिट (पीसीसी) सडक, ढुङ्गाको पेभमेन्ट वा अन्य उपयुक्त प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको छ । यसबाट सडक निर्माणमा आयातित सामग्रीमाथिको निर्भरता घटाउनुका साथै स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)