जनजाति महासंघको अध्यक्षमा फालमगर
ekantipur.com · Sat Mar 02 16:44:42 GMT 2024
पूर्वी नवलपरासी — नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अध्यक्षमा पुन: इन्द्र फालमगर निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था महासंघको शनिबार कावासोतीमा भएको पहिलो अधिवेशनले फालमगरलाई अध्यक्ष चयन गरेको हो । महासंघको उपसभापतिहरुमा पदमबहादुर राना मगर र प्रेमबहादुर राना मगर, सचिवमा झेडीबहादुर महतो र चित्रबहादुर थापा, सहसचिवहरुमा गणेश गुरुङ, र पञ्चमाया चितौरे सर्वसम्मत चुनिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)