टी–२० विश्वकप तयारीका लागि पाँच करोड निकासा
nayapatrikadaily.com · Thu Mar 07 00:35:00 GMT 2024
नेपाल सरकारले आइसिसी पुरुष टी–२० विश्वकपको तयारीका लागि नेपाली टोलीलाई पाँच करोड रुपैयाँ निकासा गरेको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसँग बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले बुधबार विश्वकपको तयारीका लागि पाँच करोड रुपैयाँ निकासा गरेको परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । सदस्यसचिव घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन् ।
‘नेपाली टोलीले क्रिकेटको विश्वकपजस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति धन्यवाद दिन चाहन्छु,’ सदस्यसचिव घिसिङले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)