‘अर्णव’ चक्रवात : श्रीलङ्कामा भीषण वर्षा, भारतमा ८९ हजारलाई सुरक्षित स्थानमा सारिए
corporatenepal.com · Wed Oct 28 02:26:56 GMT 2026

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभावले श्रीलङ्का र भारतको तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ । श्रीलङ्कामा भारी वर्षा भएपछि देशभरका विद्यालय बन्द गरिएका छन् भने भारतको आन्ध्र प्रदेशमा चक्रवातको जोखिमलाई ध्यानमा राख्दै करिब ८९ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
श्रीलङ्काको शिक्षा मन्त्रालयले मौसमको प्रतिकूल अवस्थाका कारण विद्यार्थी तथा विद्यालयका कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै मङ्गलबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । यद्यपि सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गत सौन्दर्यसम्बन्धी विषयका प्रयोगात्मक परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)