ओली पक्षले ट्विस्ट गराएर पहिलो महिला मुख्यमन्त्री बनाइएकी अष्टलक्ष्मी को हुन्?
nepalsamaya.com · Wed Aug 18 17:10:00 GMT 2021
काठमाडौं– नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन्। बुधबार एमाले संसदीय दलकी नेता बनेकी शाक्यलाई साँझ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाएको हो।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेकी शाक्यलाई ओली समूहले नेता नेपालले दल दर्ताका लागि निवदेन दिएपछि बागमती प्रदेशको संसदीय दलको नेता चयन गरेको थियो। नेपालले नयाँ दल गठन गर्ने तयारी गरेपछि शाक्यलाई मुख्यमन्त्री बनाएर एमाले अध्यक्ष ओली पक्षले ट्विस्ट गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)