मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानलाई भारत छाड्न दिइएको आदेशमा उच्च अदालतको रोक

nepalviews.com · Wed Oct 28 02:39:13 GMT 2026

एजेन्सी । बम्बे उच्च अदालतले बलिउड अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले दिएको आदेश/सूचनामा तत्कालका लागि रोक लगाएको छ। भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै मुम्बईको अगस्ट क्रान्ति मैदानमा भएको विरोध प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई देश छाड्ने सूचना जारी गरेको थियो।

मङ्गलबार बम्बे उच्च अदालतका मुख्य न्यायाधीश महेशचन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठनाको संयुक्त इजलासले खानको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश कार्यान्वयनमा नोभेम्बर २ सम्मका लागि रोक लगाएको हो। यस मामिलाको अर्को सुनुवाइ पनि नोभेम्बर २ का लागि तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)