मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

माइक्रोसफ्टका करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको अफर

lokaantar.com

कृत्रिम बौद्धिकता (आआई) मा भइरहेको विशाल लगानी धान्न र खर्च नियन्त्रण गर्ने उद्देश्यले प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्ने अफर घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कार्यबलको एक चौथाइभन्दा बढी हो।

रोयटर्सका अनुसार विन्डोज निर्माता कम्पनीका विभिन्न विभागमा कार्यरत कर्मचारीहरू यसका लागि योग्य हुनेछन्। यसमा एआई अनुभव, कोपाइलट, फाइनान्स, ह्युमन रिसर्सेस, एक्सबक्स र विन्डोज प्लस डिभाइसजस्ता टिमका कर्मचारीहरू समेटिएका छन्। हालांकि, मार्केटिङ, कमर्सियल बिजनेस र सेक्युरिटीजस्ता युनिटहरू भने यसबाट बाहिर राखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)