सभामुखले बोलाए सर्वदलीय बैठक
nayapatrikadaily.com · Wed Jun 09 23:29:00 GMT 2021
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सरोकारवाला र विज्ञहरूसँग छलफलमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार संसद् भवन बानेश्वरमा बस्ने गरी बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
पत्रमा छलफलको विषयवस्तु नखुलाइए पनि सभामुखले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थाबारे दलहरूको धारणा बुझ्न बैठक आह्वान गरेको स्रोतको भनाइ छ । शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठकका लागि बुधबार नै संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र प्रधानमन्त्रीलाई पत्राचार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)