एरिक्सन घाइते भएको खेलमा फिनल्यान्ड विजयी
ekagaj.com · Sat Jun 12 20:18:52 GMT 2021
काठमाडौँ : कप्तान क्रिष्टियन एरिक्सन घाइते भएको खेलमा डेनमार्क फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदान पार्कन स्टेडियममा शनिबार राती भएको खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित भएको हो ।
फिनल्यान्डका लागि जोइल पोजेनपालोले खेलको ६० औँ मिनेटमा हेड गोल गरेका हुन् । पहिलो हाफमा गोल हुन नसकेको खेलमा डेनमार्कका कप्तान एरिक्सन गम्भीर घाइते भएका थिए । उनको होस नखुल्दा खेल स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)