मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा सांसद काफ्लेले गरिन् लुम्बिनीका सभामुखसहित ५ जनाविरुद्ध कीर्ते मुद्दा दायर

lokaantar.com

आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी गरिएको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सभामुखसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा मंगलबार दायर गरेको फिराद पत्रमा सभामुख तुलाराम घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डेय र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई विपक्षी बनाइएको छ ।

उनले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायतका प्रचलित कानुनबमोजिम दोषीहरूमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)