दुर्गम क्षेत्रका नागरिकले समान सेवा सुविधा पाउनुपर्छ : हर्क साम्पाङ
bishowkhabar.com · Wed Oct 28 02:52:16 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरमा बस्ने नागरिकसरह राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधा पाउनुपर्ने बताएका छन् ।
अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनले राज्यबाट उपलब्ध सेवा तथा सुविधाको असमान वितरणका कारण शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा सहर केन्द्रित भएको बताए । यही कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको संख्या घट्दै गएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)