विमानस्थलबाट पक्राउ गरेर प्रहरीले दुर्गा प्रसाईंलाई किन घरमा छाड्यो?
nagariknews.nagariknetwork.com · Sun Jul 12 08:37:56 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईं विमानस्थल परिसरभित्र सार्वजनिक सम्बोधन गर्ने तयारीमा थिए। सुरक्षा तथा व्यवस्थापनको कारण देखाउँदै प्रहरीले उनलाई त्यहाँ कार्यक्रम गर्न नदिई प्रहरीको सवारीमार्फत घरसम्म पुर्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
दुर्गा प्रसाईं
काठमाडौँ