मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुआब्जा विवादले कार्गो रेलमार्ग अलपत्र

ekantipur.com · Sun Feb 26 01:24:43 GMT 2023

विराटनगर — सरकारले मुआब्जा विवाद नमिलाउँदा भारतको बथनाहदेखि मोरङको कटहरीसम्मको कार्गो रेलमार्ग एक दशकदेखि अलपत्र परेको छ । भारत सरकारको लगानीमा निर्माणाधीन उक्त मार्गको भारततर्फको भागमा काम सकिए पनि नेपालतर्फ मुआब्जा विवादले रोकिएको हो ।

तत्कालीन राष्ट्रपति रामवरण यादव २०६६ मा भारत भ्रमणमा जाँदा दुवै देशको सीमा जोड्ने विभिन्न पाँच स्थानमा भारतले रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यसअनुरूप जोगवनी नाका जोड्ने १८ किलोमिटरको उक्त रेलमार्ग भारतीय चार अर्ब रुपैयाँ लागतमा २०६८ देखि बनाउन थालिएको थियो । २०७३ मा सकिनुपर्ने उक्त योजना मुआब्जा विवादले अलपत्र परेको हो । सरकारले मुआब्जा विवाद नसुल्झाउँदा कटहरी गाउँपालिका–१ मा रेल्वे यार्ड, स्टेसन र कर्मचारीको क्वाटर भवन निर्माण सुरु हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)