निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
barnanmedia.com · Tue Oct 21 23:07:00 GMT 2025

काठमाडौँ, ५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । पार्टीका सचिवालय सदस्य वर्षमान पुनका अनुसार, सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भएपनि पर्याप्त ध्यान पुग्न नसकेकाले तत्काल आवश्यक कदम चाल्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)