प्रधानमन्त्री सुशीला कार्कीको पहल : राष्ट्रिय सहमतिको दिशामा ऐतिहासिक संवाद
barnanmedia.com · Tue Oct 21 23:07:30 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा देशका विभिन्न राजनीतिक दलहरुसँग चार घण्टा लामो संवाद गरेकी छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले पहिलोपटक दलहरुसँग गरेको यो औपचारिक संवादले आगामी निर्वाचनको तयारी र राष्ट्रिय सहमतिको दिशामा नयाँ आशा अनि भरोसा जगाएको छ।
संवादमा ११ राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा दुई जना प्रतिष्ठित नागरिक केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पर्यवेक्षकका रूपमा समावेश गरिएको थियो, जसले संवादलाई निष्पक्ष, विश्वासयोग्य र सर्वपक्षीय स्वीकार्यता बढाउन सहयोग पुर्यायो। प्रधानमन्त्री कार्कीले बैठकको सुरुवातमै सबै दलहरूलाई आगामी चुनावमा सहभागी हुन आह्वान गर्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने जिम्मेवारी सबैको साझा हो भन्ने सन्देश दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)