मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी राष्ट्रपति र कतारी अमिरबीच मस्कोमा भेटवार्ता

nepalviews.com · Wed Oct 28 03:11:20 GMT 2026

एजेन्सी । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानी सरकारी टेलिभिजनका अनुसार भेटवार्तामा तेहरान र दोहाबीचको वर्तमान सम्बन्धको समीक्षा गरिएको थियो। दुवै पक्षले राजनीतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने र द्विपक्षीय सहयोग विस्तारका सम्भावनाको उपयोग गर्ने विषयमा जोड दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)