बागमतीको बजेट खर्च ३ महिनामा करिब ७ प्रतिशत
ratopati.com · Wed Oct 28 03:15:55 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) सम्ममा प्रदेश सरकारको सार्वजनिक खर्च ७ प्रतिशत पनि पुग्न सकेको छैन ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कुल बजेटको ६.६१ प्रतिशतमात्रै खर्च भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सरकारले विकास निर्माण तथा पुँजीगत खर्चमा भने चरम सुस्तता व्यहोरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)