मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

kendrabindu.com · Wed Oct 28 03:18:29 GMT 2026

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी) ले ५० एमबीपीएसभन्दा कम क्षमताका सस्ता प्याकेज बन्द गरी महसुलसमेत बढाएको भन्दै सामाजिक सञ्जालमा निरन्तर आलोचना भइरहेको छ । यही बेला नेपाल टेलिकमले ल्याएको वार्षिक ५ हजार रुपैयाँ पर्ने ३० एमबीपीएस ‘एनटी फाइबर’ अफरतर्फ भने ग्राहकको आकर्षण ह्वात्तै बढेको देखिन्छ । निजी कम्पनी छाडेर सरकारी टेलिकमतर्फ लागेका कतिपय ग्राहकले भने नेपाल टेलिकमको फाइबर इन्टरनेटको गुणस्तर र ग्राहक सहायतामा हुने ढिलासुस्तीबारे प्रश्न उठाएका छन् ।

नेपाल टेलिकममा नयाँ लाइन जडानको माग साविकको तुलनामा तीन गुणासम्म बढेको र सोधपुछ एवं जडानका लागि निवेदन दिनेको चाप वृद्धि भएपछि हटलाइन नम्बर र अनलाइन पोर्टलको व्यवस्था गर्नुपरेको टेलिकमले बताएको छ । दसैँमा टेलिकमको इन्टरनेट जडान गर्न खोजे पनि कस्टमर केयरमा फोन गर्दा १६१ नम्बरमा आफू परेको र १६ मिनेट ‘होल्ड’ गरेपछि मात्रै कुरा हुन सक्ने जवाफ आएको नुवाकोटका अर्जुन तामाङले जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)