त्रिभुवन विमानस्थलबाट नौ महिनामै ६५ लाख यात्रु उडे, देशभित्रै हवाइजहाजमार्फत २८ लाख गरे यात्रा
clickmandu.com · Wed Oct 28 03:15:58 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२६ को पछिल्लो ९ महिना (जनवरीदेखि सेप्टेम्बर) सम्ममा ६५ लाख ३९ हजार यात्रुले उडान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार यो अवधिमा ३६ लाख ८८ हजार अन्तर्राष्ट्रिय र २८ लाख ५० हजार आन्तरिक उडानका यात्रु रहेका छन् ।
तथ्यांक अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत सेवा लिने यात्रुहरुमध्ये नेपालबाट बाहिरिने यात्रुको संख्या भित्रिने यात्रुको तुलनामा बढी देखिएको छ। सेप्टेम्बर महिनामा भने नेपालमा दशैंका लागि वैदेशिक रोजगारीबाट फर्कने यात्रुका कारण बाहिरिनेभन्दा भित्रने यात्रुको संख्या धेरै देखिएको छ । उक्त महिनामा २ लाख १३ हजार यात्रु एकै महिनामा नेपाल भित्रदा बाहिरिने अन्तर्राष्ट्रिय उडानका यात्रुको संख्या भने १ लाख ९९ हजार मात्रै रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)