मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तस्वीरमा हेर्नुस् कालीगण्डकीमाथि बञ्जीको रोमाञ्च

clickmandu.com · Wed Oct 28 03:27:33 GMT 2026

बागलुङ। अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै जिरिङ्ग हुने पुलमा दैनिक सयौँ पर्यटक आवतजावत गर्छन् । बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोडेको पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यो पुलबाट बञ्जी जम्प संचालन भइरहेको छ । साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यका लागि चर्चित बन्दै गएको बञ्जीमा यतिबेला चहलपहल बढेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दावी गरिएको बञ्जी २०७७ कार्तिकदेखि संचालनमा आएको थियो । बञ्जी संचालनमा आएपछि कुश्मा बजार र बलेवामा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । द क्लिफ प्रालिको करोडौँ लगानीमा संचालनमा आएको बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ, रिसोर्ट, मेघा ट्रोल संचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)