भीष्मराज आङदेम्बेको प्रश्न- नेपालले साँच्चै भारतको सीमा मिचेको हो सभामुख महोदय ?
lokaantar.com

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको सीमा साँच्चै मिचेको हो ? भन्दै सभामुख डोलप्रसाद अर्याललाई प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै उनले सभामुख अर्याललाई प्रश्न गरेका हुन् ।
'के तपाईंलाई लाग्छ नेपालले भारतको सीमा साँच्चै मिचेको हो सभामुख महोदय,' उनले भने, 'हामीले यही सवाललाई लिएर सदन अवरोध गरिरहेका छौं, तर प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुञ्जायस नै छैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
बालेन शाह