रविलाई आङ्देम्बेको प्रश्न : सिमानाको ‘स’ र कालापानीको ‘क’ पनि किन उच्चारण नगरेको ?
baahrakhari.com · Wed Jun 10 10:46:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दिल्लीमा सिमाना ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण किन नगरेको भनि प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भारत भ्रमणमा उच्चस्तरीय भेटघाटमा सीमानाबारे उच्चारण गर्न किन डराएको भनि सोधे ।
“उहाँले भन्नुभयो सीमानाबारेमा ढोल बजाएर छलफल हुन सक्दैन भनेर । हो, ढोल बजाएर हुन्न । तर, दिल्लीमा रहँदा सिमाना स अनि कालापानीको क पनि उच्चारण नगरी किन फर्किनुभयो,” उनले सोधे ।
आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पराष्ट्रमन्त्रीले भारतमा बोलेकोमा आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ