१४ किलो थाई गाँजासहित २ भारतीय महिला पक्राउ
kendrabindu.com · Wed Oct 28 03:43:14 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास छन्।
हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरुको प्रोफाइलिङ गर्ने क्रममा मंगलबार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलले बाटिक एयरको उडानबाट काठमाडौँ आएका उनीहरुलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)