जग्गा कित्ताकाटमा आवश्यक सहजीकरण गरिने
gorkhapatraonline.com · Wed Oct 28 03:48:37 GMT 2026

चितवन, कात्तिक ११ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गा कित्ताकाट खुलाउने विषयमा छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिनुभएको छ ।
चितवनका जग्गा तथा आवास व्यवसायीसँग सौराहामा भएको भेटघाटका क्रममा मन्त्री रावलले भूउपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)