अनधिकृत संरचनामा चल्यो महानगरको डोजर
annapurnapost.com · Thu Aug 25 01:03:00 GMT 2022
काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काएको छ। काठमाडौंका मुख्य सहरी क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काइएको हो। महानगरले पार्किङ तथा फुटपाथका लागि छुट्ट्याइएको क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने अभियान सुरु गरेको हो।
संरचना भत्काउन महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैं खटिएका थिए। महानगरले मंगलबार सुन्धरास्थित काठमाडौं मल, आरबी कम्प्लेक्स र कोटेश्वर क्षेत्र, दरबारमार्गलगायतका स्थानमा अनधिकृत रूपमा बनाइएको संरचना भत्काएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)