बाढीको मौका छोपेर हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई प्राधिकरणको निर्देशन
nepalpress.com · Wed Aug 26 15:01:19 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा नबढाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)