मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बिमा गर्ने बढ्दै

gorkhapatraonline.com · Wed Oct 28 04:22:51 GMT 2026

गुल्मीमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । सामाजिक सुरक्षा अन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लावासीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्न सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म यहाँका एक लाख ३७ हजार ८४५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

गुणस्तरीय स्वास्थ्यसेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्यसेवा सुनिश्चित गर्ने लक्ष्यसाथ यस जिल्लामा २०७६ माघ १९ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ४९४ जनसङ्ख्या रहेको छ । संयोजक घिमिरेका अनुसार ६६ हजार ९९० जना पुरुष र ७० हजार ८५५ जना महिलाले स्वास्थ्य बिमा गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)