मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहको सर्कुलरसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने

ratopati.com · Wed Oct 28 04:32:14 GMT 2026

काठमाडौं । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो ।

यसबारे गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुमा सर्कुलर पठाइसकेको छ । सर्कुलरपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेक नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)