कर्णालीमा ३ दिन वर्षाको सम्भावना, हिमाली जिल्लामा सतर्कता अपनाउन आग्रह
clickmandu.com · Wed Oct 28 04:30:50 GMT 2026

सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना छ। विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)