सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु
gorkhapatraonline.com · Sun Mar 01 08:48:44 GMT 2026

सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहयाक मतदान अधिकृतहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी नियुक्ति पत्र दिएसँगै निर्वाचन सामग्रीहरु बुझाउन थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख ईश्वरनाथ मिश्रले आइतबारदेखि ५० प्रकारका निर्वाचन सामग्रीहरु मतदान अधिकृतलाई बुझाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला निर्वाचन कार्यालयबाट ४९ प्रकारको निर्बाचन सामग्री बुझाइएको छ । मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझाउने छ ।’ निर्वाचनमा खटिएका कर्मचारीलाई ५२ प्रकारको निर्वाचन सामग्री बुझाउनु पर्नेमा यो पटक झोला र रबरम्याट नआएको उहाँले सुनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)