तीन सय बोरा गहुँ चोरी
gorkhapatraonline.com · Wed Oct 28 04:35:12 GMT 2026

कल्याणपुर (सप्तरी), कात्तिक ११ गते । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्री केन्द्रबाट करिब तीन सय बोरा गहुँ चोरी भएको छ । चारैतिरबाट करिब २० फिट पर्खालले घेरिएको गोदामबाट आइतबार राति ताल्चा फुटाएर ठुलो परिमाणमा गहुँ चोरी भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।
केन्द्रका सञ्चालक गङ्गाराम महरानका अनुसार गोदाममा भण्डारण गरिएका ६३५ बोरा गहुँमध्ये करिब तीन सय बोरा चोरी भएको हो । केन्द्रपरिसरमा राखिएको ट्याक्टरको ब्याट्रीसमेत चोरी भएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)