आङ्देम्बे बोलिरहँदा रास्वपाका सांसदले विरोधमा ठोके टेबल
baahrakhari.com · Wed Jun 10 10:55:23 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलिरहँदा सत्तापक्ष रास्वपाका सांसदले टेबल ठोकेर विरोध जनाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा आङ्देम्बेले सभामुखको भूमिकाबारे बोलिरहँदा रास्वपाका सांसदहरूले निकै बेर टेबल ठोके ।
आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाए । संसद्को चीर हरण हुँदा लाचार भएको टिप्पणी गरे ।
“त्यो लाचारी देखियो । भूपी शेरचनले भन्नुभएको छ, घुम्नेमेचमाथि त्यो भन्दा उताको शब्द बिर्सें । सम्झना आइराखेको छैन,” उनले भने ।
त्यसपछि उनी बोल्दा रास्वपाका सांसद्ले आपत्ति जनाउँदै टेबल ठोकेका हुन् ।
उनले अभिव्यक्ति राखिसकेपछि रास्वपाकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन् । संसद्को चीर हरण र सत्तापक्षको सांसदलाई ‘मुर्दा शान्ति’ भनेकोमा आपत्ति जनाएर रेकर्डबाट हटाउन माग गरिन् ।
आङ्देम्बेले रास्वपाका सांसद शान्त बसेकोमा टिप्पणी गरेका थिए ।
#राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
#भीष्मराज आङ्देम्बे
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ