मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दिपक–दीपाको तारिफमा करिश्मा– उहाँहरूको अभिनय र प्रस्तुतिमा निखार देखिन्छ

nepalpress.com · Wed Oct 28 04:48:38 GMT 2026

‎काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले प्रदर्शनरत चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि दिपकराज गिरी र दीपाश्री निरौलाको काम तारिफयोग्य रहेको बताएकी छन् । चलचित्रले समाजका विभिन्न पक्ष, मानवीय सम्बन्ध र ती सम्बन्धभित्र लुकेका सानासाना तर अर्थपूर्ण पक्षहरूलाई सुन्दर ढंगले देखाएको करिश्माको भनाई छ ।

‎सामाजिक संजालमा उनले लेखेकी छन्, ‘दीपक, दीपा टिमको कला यात्रा सुरुवातदेखि नै नजिकबाट नियाल्दै आएकी छु । उहाँहरूको चलचित्र नछुटाई हेर्ने गरेकी छु । हरेक नयाँ चलचित्रमा उहाँहरूको प्रस्तुति, अभिनय र निर्माण शैलीमा थप निखार र उत्कृष्टता देख्दै आएकी छु । यस पटक पनि चलचित्रमा उहाँहरूको अनुभव र परिपक्वता झनै स्पष्ट रूपमा झल्किएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)