आचारसंहितामा कांग्रेस असन्तुष्टि
rajdhanidaily.com · Tue Sep 27 23:10:18 GMT 2022
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगले लागू गर्ने निर्णय गरेको निर्वाचन आचारसंहिता २०७९ प्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा जान रोक लगाइएकोप्रति आपत्ति जनाएको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारप्रसारमा रोक लगाइन’ नहुने भन्दै आचारसंहिताप्रति आपत्ति जनाए । ‘अव्यावहारिक आचारसंहिता आयोगले सच्याउनुपर्ने’ उनको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)