सिप्रदीले ल्यायो ‘दशैंमा द सही अफर’
abhiyandaily.com
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘दशैंमा द सही अफर’ ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडीको खरीदमा टीभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल लगायत वस्तु पाउने कम्पनीले जानकारी दिएको छ । ग्राहकलाई तीमध्ये कुनै एक वस्तु उपलब्ध गराइने कम्पनीको भनाइ छ । खरीद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर ग्राहकले लैजान पाउने बताइएको छ ।
सिप्रदी ट्रेडिङका कमर्शियल भेहिकल बिजनेश युनिटका सिनियर जनरल म्यानेजर अनुपमणि ढकालले उक्त अफरबारे सकारात्मक प्रतिक्रिया आएको बताए । ७० प्रतिशतसम्मको फाइनान्स सुविधाले ग्राहक वर्गको हौसला बढाएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)