रोल्पामा प्रहरी हवल्दार कुटिए
ekantipur.com · Wed Jul 20 17:05:41 GMT 2022
रोल्पा — बिदामा घर आउँदै गरेका प्रहरी हवल्दार रोल्पामा कुटिएका छन् । रोल्पा नगरपालिका-६ नन्दीखोला घर भएका प्रहरी हवल्दार रामकुमार बाँठामगरमाथि मंगलबार बेलुका ८/९ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
प्युठानमा कार्यरत प्रहरी हवल्दार बाँठा घर बिदामा जाँदै थिए । उनलाई स्थानीय नेता खिमबिक्रम डाँगीलगायतको समूहले आक्रमण गरेको उनका भिनाजु इन्जिनियर सुरेश घर्तीमगरले बताए । 'घर पुग्नुअघि उनीमाथि अचानक आक्रमण भएको हो । घाइते उनलाई रोल्पा अस्पतालमा पुर्याएर उपचार गरिएको छ । प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेको छ,' सुरेशले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)