नाट्य सम्राट्को गजलमा सन्तोषको स्वर र संगीत (भिडियो)
kalakarmi.com · Sun Jul 12 10:56:36 GMT 2026

काठमाडौं- नाट्य सम्राट बालकृष्ण समद्वारा रचित गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ ।
समद्वारा वि.सं. १९८२ अर्थात् एक सय एक वर्ष अगाडि रचना गरिएको उनको कृति ‘मेरो कविताको आराधन उपासना- १’ मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’ लाई श्रेष्ठले सङ्गीतबद्ध गरी स्वर दिएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय मैतीदेवीमा शनिबार आयोजित कार्यक्रममा उक्त गजलको श्रव्यदृश्य पनि सार्वजनिक गरिएको थियो l
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)