मन्त्रिपरिषदले भोलि निर्णय गरे शिक्षक महासंघले कक्षा १२ को परीक्षा हुन दिने
nepalpress.com · Tue Apr 29 17:11:28 GMT 2025

काठमाडौं । सरकारसँग शिक्षकहरूको वार्ता आज पनि टुंगिन सकेन । राति साढे १० बजे वार्ता सकिएपछि पत्रकारलाई छल्दै शिक्षक नेताहरू पछिको ढोकाबाट निस्किए ।
महासंघका एक पदाधिकारीले नेपाल प्रेस सँग अनौपचारिक कुरा गर्दै आफूहरूका मागबारे भोल मन्त्रिपरिषदले निर्णय गरेमा सकारात्मक वातावरण बन्ने बताइन् । त्यसो भएमा कक्षा १२ को परीक्षामा शिक्षकहरू सहभागी हुन सक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)