यात्रुबाहक र ढुवानीका सवारीमा अनिवार्य जीपीएस डिभाइस जडान गर्नुपर्ने कानुन ल्याउँदै सरकार
techpana.com · Sun Jul 12 10:58:33 GMT 2026

काठमाडौं । सरकारले यात्रुबाहक सहित ढुवानीका लागि प्रयोग हुने सवारीसाधनमा अनिवार्य रूपमा जीपीएस डिभाइस जडान गर्नुपर्ने कानुन ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ असारमा संसद्मा दर्ता गराएको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गरी यस्तो व्यवस्था ल्याउन प्रस्ताव गरिएको हो ।
ऐनको दफा २८ मा ‘२८ क’ थप गर्दै नेपालभर दर्ता भएका वा दर्ता हुने ढुवानीका साधनका धनीले विभागले तोकेको मापदण्ड अनुसारको भू-अवस्थिति देखाउने चालु अवस्थाको यन्त्र (जीपीएस डिभाइस) आफ्नो ढुवानीका साधनमा जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)