श्रवण तथा वाक् सेवा क्षेत्रमा ‘नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक’को १५ वर्षे सेवा यात्रा
ajakoartha.com · Sun Jul 12 11:08:00 GMT 2026

काठमाडौं- नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा वाक् सेवामा १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, श्रवण यन्त्र जडान, कक्लियर इम्प्लान्ट सेवा, वाक् तथा भाषा उपचार, परामर्श र फलोअप सेवामार्फत हजारौं सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
काठमाडौंको थापाथलीस्थित मुख्य कार्यालयसँगै क्लिनिकका शाखा विराटनगर, पोखरा र नेपालगञ्जमा सञ्चालनमा छन्। साथै, भक्तपुरको बीपीआई फाउन्डेसन (ठिमी), पुल्चोकस्थित अरुस लाइफस्टाइल अस्पताल र ग्वार्कोस्थित बीएनबी अस्पतालमा आफ्नै अडियोलोजी सेवा सञ्चालन गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)