२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दै
Ujyaaloonline.com · Tue Aug 02 00:44:13 GMT 2022
काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ ।
नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)