मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिबाट विरक्तिए घिमिरे

annapurnapost.com · Wed Apr 27 00:47:00 GMT 2022

काठमाडौं : कांग्रेस नेता गुरुराज घिमिरेले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ !’ पूर्वकेन्द्रीय सदस्य घिमिरेले चुनावकै बेला राजनीतिप्रति वितृष्णायुक्त विचार किन व्यक्त गरे ? जसले पार्टीका शीर्ष नेतासम्म तरंगित भए। नेता–कार्यकर्ताले फोन गरेर राजनीतिको मैदान नछाड्न सुझाव दिएका छन्।

शुभेच्छुकले सामाजिक सञ्जालबाटै राजनीतिमा बढ्दो विकृतिलाई राजनीतिकै मैदानबाट परास्त गर्न सुझाएका छन्। तर, नेता घिमिरेले अन्नपूर्ण पोस्ट्सित भने, ‘राजनीति मेरा लागि उपयुक्त फिल्ड भएन। पार्टीको एउटा गुटले ढोका थुनेको थियो। अर्कोले पनि ढोका थुनेपछि के गर्ने ? वर्षौंदेखि इमानदारीको राजनीति गर्नेको स्थान खोइ ?’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)