मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंपछि गुल्मी प्रशासनमा सेवाग्राहीको भीड

nepalnews.com · Wed Oct 28 05:15:47 GMT 2026

गुल्मी। बडादसैंको बिदा सकिए लगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ। दसैं मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो।

सेवाग्राहीको चाप बढेपछि उक्त कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)