४ अर्बको ऋणपत्र निष्कासन गर्दै नविल बैंक, अनुमति माग्दै सेबोनमा आवेदन
arthasansar.com · Wed Oct 28 05:20:05 GMT 2026

नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बैंकले असोज २८ गते दिएको आवेदन अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने प्रस्ताव गरिएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)