सिक्लेसमा ‘बुकीफूल’ छायाङ्कन
gorkhapatraonline.com · Wed Oct 28 05:43:59 GMT 2026

कास्कीको पर्यटकीय गाउँ सिक्लेस र आसपासका क्षेत्रमा नेपाली चलचित्र ‘बुकीफूल’को छायाङ्कन भएको छ । गुरुङ संस्कृतिका मौलिक कथा, संस्कृति र ऐतिहासिक परिवेश समेटिएको चलचित्रको अन्तिम दृश्य मङ्गलबार मादी गाउँपालिकाको ताङतिङमा छायाङ्कनसँगै बुकीफूलको सबै छायाङ्कन सकिएको हो ।
चलचित्रका प्रोडक्सन म्यानेजर डिबी गुरुङले अब छिट्टै सम्पादन गुरु गरिने बताउनुभयो । मौलिक कथा, गुरुङ संस्कृति र ऐतिहासिक परिवेशलाई समेट्ने लक्ष्यसहित गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा यो चलचित्र निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)