कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
barnanmedia.com · Sun Jul 12 11:31:54 GMT 2026

अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् ।
किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यस्तै, स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)