कर्णालीमा तीन दिन वर्षाको सम्भावना
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

सुर्खेत। अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम-जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना छ। विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)